Saturday, December 5, 2015

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

सप्तरीको खोजपुरमा हिजो ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दक्षिणतर्फबाट तीब्र गतिका आइएरहेको मोटरसाइकल पूर्व पश्चिम राजमार्गमा प्रवेश गर्न लाग्दा पूर्वबाट पश्चिम जाँदै गरेको ट्र्याक्टरमा ठोकिदा मोटरसाइकलमा सवार २५ वर्षीय दिपेन्द्रकुमार महतो र २६ वर्षीय सन्तोष साह घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लागिएकोमा मोटरसाइकलको पछाडी बसेका दिपेन्द्रकुमार महतोको हिजो अपरान्ह मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । उक्त ठक्कर दिने ट्र्याक्टर प्रहरिको नियन्त्रण मा छ भने चालक फरार भएकाछन् ।

No comments:

Post a Comment