Monday, December 7, 2015

ईश्वरले चाहे नेपालको समस्या ५-७ दिनमा समाधान हुन्छः भारतीय विदेशमन्त्री


Sushma-Swaraj-650
२१ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान गर्ने वातावरण बनेको दाबी गरेकी छन् ।
भारतको राज्यसभामा भएको नेपालबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भनिन्-ईश्वरले चाहे शायद अबको ५-७ दिनमा समाधान निस्कन्छ ।’
नेपालका विदेशमन्त्री कमल थापा हालै मात्र दिल्ली आउँदा आपसी सहमतिबाट समाधान खोज्नुस्, नाकाबन्दी अन्त्य होस् भनेको र उनले आफूलाई त्यो विश्वास दिलाएकोसंसदलाई जानकारी दिइन् । ‘मधेसी मोर्चाका नेताहरु आए, मैले भने कि, विदेशमन्त्रीले भनेको सुुन्नुस्’ स्वराजले भनिन्- सम्बोधन हुन्छ, ठिक छ, नभए वार्ता गर्नुस् भनेकी छु ।’
नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान होस् भन्ने भारतले चाहेको भन्दै उनले भनिन्-यता मधेसीलाई न्याय होस्, उता आपूर्ति असहजताका कारण दुःख पाएका नेपालीले पनि राहत पाउन् । हाम्रो भूमीमा रोकिएका ट्रक अगाडि जाउन र नेपालमा आपूर्ति होस् ।’
प्रेस्क्रिप्सन होइन, सल्लाह दिन्छौं
विदेशमन्त्री स्वराजले नेपाल सार्वभौम देश भएको र त्यसको भारत सरकारले सम्मान गर्ने बताइन् । नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको र प्रेस्किप्सन दिएको आरोप अस्वीकार गर्दै उनले भनिन्-प्रेस्किप्सन दिँदैनौं । एक मित्र र सुशचिन्तकको नाताले सल्लाह दिन्छौं ।’
विदेशमन्त्री स्वराजले भारतले नेपालमाथि नाकाबन्दी गरेको आरोप ठाडै अस्वीकार गरिन् । नेपालीहरुले नै सीमामा प्रदर्शन गरिरहेका कारण आपूर्तिमा अवरोध आएको भन्दै उनले खुला भएका नाकाहरुबाट अहिले पनि ट्रकहरु नेपाल गइरहेको फेहरिस्त प्रस्तुत गरिन् ।
धर्ना भइरहेको ठाउँबाट सामान पठाउने दुई मात्र विकल्प भएको र त्यो सहि नभएको उनले बताइन् । ‘पहिलो बिकल्प गोली चलाएर हटाउने हो, दोस्रो बिकल्प आन्दोलकारीलाई ट्रकले किचेर अगाडी बढ्ने हो’ स्वराजले भनिन्- यी दुवै बाटो सही होइनन्, राजनीतिक सहमति गर भन्ने हाम्रो सुझाव हो, हामीले त्यसैका लागि काम गरिरहेका छौं ।’
स्वराजले नेपालमा औषधिको अभाव भएपछि राजदूत पठाएर र विदेशमन्त्री कमल थापालाई आफैंले समेत अत्यावश्यकीय औषधिहरुको सूची दिनुस्, एयर लिफ्ट गरेर पठाउँछौं भनेको तर, अहिलेसम्म नेपालले कुनै सूची नदिएको दबी गरेकी छन् ।
भनेको मानेको भए आन्दोलन हुँदैनथ्यो
भारतीय विदेशमन्त्री स्वराजले नेपालको नयाँ संविधान अन्तरिम भन्दा पनि पछाडि फर्किएकाले आन्दोलन भएको बताइन् ।
भारतले मधेसमा आन्दोलन भयो भने दुई देशलाई असर गर्छ भनेर सुरुबाटै भनेको भन्दै उनले त्यस्तो सुझाव दिएका नेताहरुको फेहरिस्त प्रस्तुत गरिन् । विद्या भण्डारी, डा. बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा भारत आएको र आफूले नेपालमा जाँदा केपी ओलीलाई समेत भेटेर सोही कुरा गरेको उल्लेख गरिन् ।
विदेशमन्त्रीले नेपालको संविधान निर्माण अचानक र विना बहस भएको दाबी गरिन् । ‘सविधान बन्दैन भन्ने कुरा आएको थियो । तर, अचानक संविधान पारित भयो । विना बहस दुई दिनभित्र पारित भयो’ उनले भनिन्-संविधान आउँदा मधेसहरुको माग पुरा हुनु कता हो कता अन्तरिम संविधान भन्दा पनि पछाडि फर्किएको हुन्छ भनेर कसले साचेको थियो ?’
अन्तरिम संविधानमा भएको समानुपातिक समावेशी र मधेसमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई नयाँ संविधानमा हटाएकाले मधेसीहरुले आन्दोलन सुरु गरेको उनले बताइन् ।
नेपालमा संविधान घोषणा हुँदै गर्दा विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकरलाई पठाएर अन्तरिम संविधान भन्दा पछाडि नर्फकनुस्, आन्दोलन भए हामीलाई गाह्रो पर्छ भनेर सल्लाह दिएको उनले जिकिर गरिन् । उनले भनिन्-यदि हामीले भनेजस्तो गरिएको भए १ दिन पनि आन्दोलन हुन थिएन ।’
यद्यपि संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले त्यसलाई स्वीकार गरेको र १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता गरेको भारतीय विदेशमन्त्री स्वराजले बताइन् ।
बिग ब्रदर हैन, इल्डर ब्रदर
संसदको बहसमा सहभागी भएका १४ जना बक्तामध्ये केहीले भारतले नेपालमाथि ठूल्दाई प्रबृत्ति देखाएको भन्दै कडा आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै उनले भारतले ‘बिग ब्रदर’ नभई ‘इल्डर ब्रदर’को ब्यबहार गरेको बताइन् ।
यी दुई शब्दमा धेरै भिन्नता रहेको भन्दै स्वराजले भनिन्- भूकम्पका बेला हामीले सवैखाले मानवीय सहयोग गर्‍यौं, नेपालमा गएर भूकम्प पिडीतलाई खाना पकाएर खुवायौं, त्यस्तो स्नेह गर्ने ठूल्दाईको भूमिका निभाएका छौं, अरु कुनै देशले गरेको छ ?’
बिपक्षी कांग्रेसका सांसदहरुले नेपालसँगको सम्बन्ध इतिहासकै खराव अबस्थामा पुगेको भनी गरेको टिप्पणी जवाफ दिँदै स्वराजले भनिन्-राजीव गान्धीको पालामा डेढ बर्षसम्म भारतले नेपालमा नाकाबन्दी गरेको थियो, त्यो भारतले गरेको नाकाबन्दी थियो, के त्योबेला यस्तो तनावपूर्ण सम्बन्ध थिएन ? यस्तो पहिलोपटक भएको हैन् ।’
२०४५ सालमा लगाएको सो नाकाबन्दीबारे भारतले अहिलेसम्म आधिकारिकरुपमा स्वीकार गरेको थिएन् । तर, भारतीय बिदेशमन्त्री स्वराजले २७ बर्षपछि आएर भारतले डेढबर्षसम्म नाकाबन्दी लगाएको स्वीकार गरिन् ।
भिडियो

No comments:

Post a Comment