Saturday, December 5, 2015

एमालेको चितवन भेला मधेस मामिलामा केन्द्रित हुने ....

मंसिर १९, २०७२- मधेसमा जारी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभावबारे छलफल गर्न चितवनको सौराहामा एमालेको केन्द्रीय भेला हुने भएको छ ।
एमाले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी चितवनको ब्यवस्थापनमा मंसिर २१ र २२ गते भेलाको तयारी गरिएको हो । एमाले जिल्ला प्रचार विभाग चितवनले शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरि केन्द्रीय भेला गर्ने बारे जानकारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने भेलामा तराईका २२ जिल्लाका अध्यक्ष, अञ्चल ईन्चार्ज तथा केन्द्रीय सदस्यहरु सहभागी हुने छन ।
तराईमा जारी आन्दोलन, जनताले भोगिरहेको असहज स्थिति र समस्या समाधान गर्न पार्टीको तर्फबाट गर्नुपर्ने पहलकदमी बारेमा ठोस धारणा तय गर्ने उद्देश्यले भेला गर्न लागिएको प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले बताए । प्रधानमन्त्री ओलीले उद्‍घाटन गर्ने भेलामा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी समिति सदस्य तथा केन्द्रीय समेत गरि २ सय ३५ भन्दा बढीको सहभागिता रहने छ ।
भेलामा संविधान कार्यान्वयनमा समस्या, संघीय राज्यहरुको बारेमा विवाद र उक्त जिल्लाहरुमा पार्टीको राजनीतिक र सांगठनिक गतिविधिहरु प्रभावकारी ढंगले सञ्चालन गराउन भेला आयोजना गर्न लागिएको भण्डारीले जानकारी दिए ।


No comments:

Post a Comment