Monday, December 7, 2015

मुसलमानलाई अमेरिका आउन रोक्नुपर्छः ट्रम्प

Trump
२२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन् ।
उनको यो अभिव्यक्ति क्यालिफोर्नियामा भएको गोलाबारीको घटनापछि आएको हो, जहाँ १४ जनाको मृत्यु भएको थियो ।
उनले भनेका छन् कि अमेरिकी मानिसप्रति मुसलमानहरुको घृणाले देशलाई खतरामा पार्ने सर्वोक्षणहरुले देखाएको  ।
अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइट हाउसले ट्रम्पले अभिव्यक्तिको आलोचना गरेको छ । र, यसलाई गैर अमेरिकी अभिव्यक्ति भनेको छ ।
हृवाइट हाउसले जारी गरेको वक्तव्यमा ट्रम्पको अभिव्यत्ति अमेरिकाको राष्ट्रिय सुरक्षाको हित विपरित भएको बताएको छ ।
हालै मात्र क्यालिफोर्नियामा एक मुसलमान दम्पतीले गोली चलाएर १४ जनाको ज्यान लिएका थिए ।
ट्रम्पले मुसलमानहरुमा हुने घृणाको भावना अरुसँग तुलाना गर्न नसकिने भन्दै यो कसरी र कहाँबाट आउँछ भन्ने खोज्नु पर्नेमा जोड दिएका छन् । उनले यसअघि पनि अमेरिकामा मुसलमानहरुलाई विशेष निगरानी गर्न सुझाव दिएका थिए ।
तर, अब अमेरिकामा जाने मुसलमान पर्यटकलाई समेत रोक लगाउनु पर्ने बताएर ट्रम्पले नयाँ बहस सुरु गरेका छन् ।

No comments:

Post a Comment