Saturday, December 5, 2015

शिशु जन्माएर शौचालयमा फाल्ने महिला पक्राउ

शिशु जन्माएर फालेको अभियोगमा हिजो जमुना प्रहरी चौकी इलामाले एक २५ बर्षीय महिलालाई पक्राउ गरेको छ । पक्राउ परेकी महिलाको नाम शर्मिला राइ रहेको र उनको पती भने केहि वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेको जानकारी पाएको प्रहरीले जनाएको छ । गत सोमबार बेलुकी स्थानीयले राईको घरको शौचालयमा मृत शिशु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान पछि बच्चा शर्मिला राइको रहेको र उनले आफैंले शिशु जन्माएर हत्या गरी शौचालयमा फालेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

श्रीमान बिदेसमा रहेकोले अनैतिक सम्बन्धबाट बच्चा जन्मेको हुनाले उनले यसको गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उक्त महिलालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाममा राखिएकोछ भने शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा लागिएकोछ ।

No comments:

Post a Comment