Monday, December 7, 2015

आज एकदेखि २५ लटका मोटरसाइकललाई तेल वितरण हुँदै


Petrol Line (18)
२२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले मंगलबारदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण थाल्दैछ ।
निगमले आज १ देखि २५ नम्बर लटमा दर्ता भएका मोटरसाइकलललाई तेल वितरण गर्नेछ । त्यसका लागि झण्डै ५० वटा पम्पबाट तेल वितरणको जिम्मा दिइएको छ ।
बिहान ९ बजेदेखि सबै पम्पहरुमा तेल वितरण सुरु हुनेछ । त्यसका लागि सोमबार बेलुकी नै नै तोकिएका पम्पहरुमा तेल ल्याइसकिएको आयल निगमले जानकारी दिएको छ ।
तेल भर्न लाइनमा बस्दा पेट्रोल पम्पले वितरण गर्ने मोटरसाइकलको ब्लु-कुल अनिवार्य बोक्न सूचित गरिएको छ ।
आज निजी मोटरसाइक्सलललाई वितरण हुने पम्पहरुको सूची
List
आयल निगमले आजदेखि मोटरसाइकललाई लटका आधारमा दिन बिराएर चार दिनसम्म पेट्रोल दिन लागेको छ । प्रत्येक मोटरसाइकले चार लिटरका दरले तेल पाउनेछन् ।
आज १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने पर्सी २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकललाई तेल दिइनेछ ।
२६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका तय भएको छ ।
कारलाई भने मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाएर तेल बाँड्ने निर्णय भएको छ । आयल निगमले भारतीय नाकाबन्दीपछि इन्धनको आपूर्ति कम भएसँगै निजी सवारीलाई यिमित रुपमा तेल दिन नसकेको २ महिना भन्दा बढी भइसकेको छ ।
-

No comments:

Post a Comment