Saturday, December 5, 2015

इलामका दुई स्थानमा बम फेला

इलामका छुट्टाछुट्टै दुई स्थानमा आज बिहान फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । 

मेची राजमार्गअन्तर्गत साँखेजुङ -७ नेपालटारमा र सिद्धिथुम्का-५ मा शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयबासीले शंकास्पद वस्तु फेला परेको खबर गरेपछि इलामको कालीध्वज गणबाट गएको नेपाली सेनाको टोलीले दुवै स्थानको शंकास्पद वस्तुलाई डिस्पोज गरेको हो ।

शंकास्पद वस्तु भेटिएपछि स्थानीयबासी त्रसित भएका छन् भने उक्त वस्तु बम नभएर आतंक सृजना गर्न शंकास्पद वस्तु राखिएको जनाएको छ । चुनाव विरोधी क्रियाकलापमा सङ्लग्न ३३ दलीय मोर्चाका कार्यकर्ताले आतंक फैलाउन शंकास्पद वस्तु राखिएको आशंका गरिएपनि आधिकारीक पुष्टि हुन बाँकी छ ।

No comments:

Post a Comment